२०८१ जेठ ६ , आइतवार

वसन्त श्रवण बसन्तपुर दरबार स्क्वायर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल श्रीपञ्चमी अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक पुगेर परम्परानुसार वसन्त श्रवण गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण पनि गर्नु भयो । राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो ।

सोही अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रदान न्यायाधीस र प्रतिनिधि सभाका सभामुखको पनि उपस्थिति रहेको थियो ।