२०८१ बैशाख २१ , शुक्रवार

चौधरी ग्रुपले लन्च गर्‍यो जिएसी ब्रान्डको आयोन वाइ विद्युतीय गाडी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
चिनियाँ अटो निर्माता जीएसीको ‘आयोन वाई’ विद्युतीय गाडी (ईभी) नेपालमा सार्वजनिक भएको छ । सीजी मोटर्सले ‘आयोन वाई’ नेपाल भित्र्याएको हो ।

गाडीमा ६१.५४ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री छ । मोटर पावर १०० किलोवाट छ ।आयोन वाईमा १८३ एमएमको ग्राउन्ड क्लियरन्स रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २२५ एनएम अधिकतम टर्क रहेको गाडीले ५०० किलोमिटर भन्दा बढी रेन्ज दिने छ ।

पार्किङ र अन्य सहजताका लागि गाडीमा ३६० डिग्रीको क्यामेरा रहेको छ ।गाडीको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।