
सुनाखरी न्युज/ काठमाडौं ।
समृद्धि फाइनान्सले २०८०/१०/१९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक शेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेश कुमार बर्तौलाज्यूलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।
पद्मोदय प्राइभेट लिमिटडले प्रतिनिधी संचालक रामकुमार बर्तौलाज्यू को स्थानमा दिनेश कुमार बर्तौलाज्यू लाई मनोनित गरी पठाएको हुँदा संस्थाको पुतलिसडक कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराइज्यू समक्ष नवनियुक्त सञ्चालकले सपथ ग्रहण गर्नु भएको थियो ।
नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजत पत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।