२०८३ जेठ ११ , सोमवार

वर्ल्ड गभर्मेन्टस् समिटमा महासंघका अध्यक्ष ढकाल सहभागी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस्समिटलाई सम्बोधन गर्दै नेपालले आगामी वर्ष वैशाख १६र१७ मा आयोजना गर्न लागेको लगानी सम्मेलन बारे सहभागीहरुलाई जानकारी गराए ।

सरकारले निजी क्षेत्रको सहभागितामा नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन तथा नियमावलीमा संशोधनको प्रस्ताव गरेको उनले बताए ।ढकालले सरकारले द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई अन्तिम रूप दिएको र सम्भावित साझेदार मुलुकसँग छिट्टै सम्झौता गर्ने जानकारी पनि ढकालले दिए।

ढकालले नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि धारणा राख्नु भएको थियो।उनले नेपालको आर्थिक वृद्धि र विकासको सम्भावना बारे भेलालाई जानकारी गराए ।ढकालले नेपाल सरकारले व्यवसायिक प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यवसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए।