२०८१ बैशाख २४ , सोमवार

मेयर बालेनमाथि कार्यपालिका सदस्यले पार्किङ र कर्मचारी निलम्बनबारे उठाए प्रश्न, के आयो जवाफ ?

balen-and-sunita

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मंगलबारको कार्यपालिका बैठकमा पार्किङ र कर्मचारी निलम्बनबारे विवाद भएको छ । वादविवाद भइरहेकै बेला मेयर बालनले कार्यपालिकाको एजेण्डामा जानुपर्ने भन्दै बैठक अगाडि बढाएका थिए ।

महानगरको २८ औं कार्यपालिका बैठकको विषयसूचीमा प्रवेश नै नगर कर्मचारी निलम्बन र न्यूरोड क्षेत्रको पार्किङ विषयमा मेयरमाथि कार्यपालिका सदस्यहरूले प्रश्न उठाएपछि विवाद देखिएको हो ।

 

कर्मचारी निलम्बनको विषयमा कार्यपालिका सदस्यहरुले कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार कसको हो रु सिधै मेयरले कारबाही गर्न मिल्छ ? भन्दै प्रश्न गरेका थिए ।

कार्यपालिका सदस्यहरुले प्रश्न गरेपछि मेयर बालेनले कानुन अनुसार हुने भन्दै महानगरका कानुन विभाग प्रमुख वसन्त आचार्यलाई सो विषयमा प्रष्ट पार्न भनेका थिए ।

 

कार्यपालिका बैठकको विषय सूचीभन्दा अगाडि नै वडाध्यक्षहरुले न्यूरोडको पार्किङ हटाउने निणर्यबारे पनि प्रश्न गरेका थिए ।

पार्किङ हटाउने विषयमा प्रश्न उठेपछि मेयर बालेनले नगर सभाले नै कालोपत्रे क्षेत्रमा सवारी पार्किङ गर्न नदिने निणर्य गरेकोले सोही अनुसार गरिएको बताएका थिए ।

मेयरको जवाफपछि कार्यपालिका सदस्यहरुले यस अगाडि पार्किङ गर्न दिइनु र अहिले नदिनुपर्ने कारण माग गरेका थिए । अगाडि भएको सम्झौता सकिएकोले थप सम्झौता नगरेर हटाइएको मेयर साहको भनाइ थियो ।

वडाध्यक्ष इश्वरमान डंगोलले यस अगाडि दिएको पार्किङ ठेक्कामा भ्रष्ट्राचार भएको हल्ला सुनिएको भन्दै महानगरले यसबारे जवाफ दिनुपर्ने बताएका थिए । बालेनले अघिल्लो कार्यकालमा पास भएको विषय सोही बेलाको कार्यपालिकालाई प्रश्न सोध्नुपर्ने बताए ।