२०८१ बैशाख २१ , शुक्रवार

पाकिस्तानमा भुट्टोको समर्थन नवाज शरीफलाई, केन्द्र सरकारमा भने सहभागी नहुने

nawaz-sharif-and-Bilawal-bhutto

सुनाखरी न्युज/ काठमाडौं ।

पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी०ले नयाँ सरकार गठनका लागि पूर्वप्रधानमन्त्री नवाज शरीफलाई समर्थन गर्ने भएको छ ।

पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा नयाँ सरकार गठनका लागि पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का प्रधानमन्त्रीको उम्मेदवारलाई समर्थन गर्ने बताएका हुन् । तर केन्द्र सरकारमा भने सहभागी नहुने उनले बताए ।

उनले देशमा स्थीरताका लागि नवाज शरीफ नेतृत्वको पीएमएल-एनको प्रधानमन्त्रीको उम्मेदवारलाई सहयोग गर्ने तर इमरान खान नेतृत्वको पीटीआई पार्टीसँग कुनै प्रकारको सम्झौता नगर्ने बताएका छन् ।

 

भुट्टोले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई सरकारमा जाने जनादेश छैन । त्यसैले म प्रधानमन्त्रीको उम्मेदवार होइन । केन्द्र सरकारमा जाने लोभ पनि छैन ।’