२०८१ बैशाख २३ , आइतवार

जेलमा रहेका पूर्व थाई प्रधानमन्त्री थाक्सिन रिहा हुने: न्यायमन्त्री

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताएनु भएको छ ।
मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग थाक्सिन यस महिना जेल बाट छुटकरा पाउनका लागि स्वीकृत नौ सय ३० कैदीहरू मध्ये एक जना भएको बताउनु भएको छ ।

७४ बर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मृक्तीको लागि सुचि बद्ध भएका उहाँको भनाई छ ।करिव छ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ ।ताहसिनल १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्कीनु भएको थियो । उहाँलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

यद्यपि, अस्स्थताका कारण उहाँलाई छोटो समयमै बैङ्ककको जेलबाट अस्पतालमा सारे देखि अस्पतालमा नै रहेको बताईएको छ ।गत सेप्टेम्बरमा, थाई राजा महा भाजिरालोङ्र्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो ।

थाक्सिनले सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८ स्व–निर्वासनमा रहनु भएको थियो ।

रासस/ सिन्ह्वा