२०८१ बैशाख २१ , शुक्रवार

नेप्से परिसूचकमा गिरवाट

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार नेप्से परिसूचक ३०.५६ अंकले घटेको छ। आज नेप्से १.४५ प्रतिशतले घटेर २०७०.५९ विन्दुमा बन्द भएको छ।मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि लगानीकर्तामा निराशा छाएको छ।समीक्षामार्फत् सेयर बजारको कसिलो नीतिहरू खुकुलो हुने अपेक्षामा रहेका लगानीकर्ताहरू सो अनुसारको नीति नआएपछि असन्तुष्ट भएका हुन्।सोही कारण अर्धवार्षिक समीक्षापछि खुलेको बजार घट्न पुगेको हो।मंगलबारको बजारमा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार सोमबार ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रूपैयाँको सेयर कारोबार भएको थियो। सोमबारको तुलनामा आज कारोबार रकममा १ अर्ब ८ करोड रूपैयाँ वृद्धि भएको हो।यस दिन ३०५ वटा धितोपत्रको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर किनबेच भएको हो।मंगलबार ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपरमाई हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य क्रमशः ७ हजार ६९५ रूपैयाँ ८० पैसा, एक हजार २२८ रूपैयाँ ७० पैसा र ७३९ रूपैयाँ २० पैसा कायम भएको छ।

गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.७० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयरमूल्य ९७९ रूपैयाँ कायम भएको छ।यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.८४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयरमूल्य ३७१ रूपैयाँ कायम भएको छ।मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ६७२ रूपैयाँमा ३२ करोड ५० लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा २.९० प्रतिशत घटेको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।आज विकास बैंक समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले घटेको छ।