२०८१ बैशाख १७ , सोमवार

नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मिति २०८०/१०/२९ गते कम्पनीको सातौं वार्षिक साधारण सभा, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखा परीक्षकको नियूक्तीका साथ शेयर धनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लावंश पारित, सो अनुरुप पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारीत गरेको छ ।

वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट देहाय वमोजिमका सञ्चालकहरु निर्विरोध निर्वाचित भएको छ ।

निर्विरोध निर्वाचित सञ्चालकहरुः
१. डा. भिष्म कार्की
२. दिवेश लोहनी

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्व ६४ करोड पुरा भएको छ । वार्षिक साधारण सभामा शेयरधनीहरुले राख्नु भएका जिज्ञासाहरु उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतज्यूहरुले जवाफ दिएका थिए ।