२०८१ बैशाख २१ , शुक्रवार

पुँजीगत खर्च लक्ष्य भन्दा कम, विनियोजनको ८४ प्रतिशत मात्रै हुने संशोधित अनुमान

Prakash Saran Mahat

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्षमा गत वर्षको भन्दा २१ प्रतिशत कम पुँजीगत बजेट विनियोजन गरेको सरकार त्यसको कार्यान्वयनमा पनि कमजोर देखिएको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्च विनियोजनको ८४ प्रतिशत मात्रै हुने संशोधित अनुमान गरेका छन् ।

 

चालु आर्थिक वर्षमा तीन खर्ब २ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा त्यसको ८४ प्रतिशत मात्रै खर्च हुने सरकारको अनुमान छ । तर, अर्थमन्त्री डा। महतले चालु र वित्तीय व्यवस्थाको बजेट समेत घटाए पनि पुँजीगतको तुलनामा त्यो उत्साहप्रद नै छ ।

चालु बजेट ८८ प्रतिशत र वित्तीय व्यवस्थातर्फको बजेट ८७ प्रतिशत खर्च हुने अनुमान सरकारको छ ।