२०८१ बैशाख १६ , आइतवार

नेपालले  एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्ससँग खेल्दै

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले आज  मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बाँगीमा सुरु हुनेछ ।

समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।

 

नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो ।