२०८१ बैशाख १७ , सोमवार

क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि क्यानडाले पहिले ब्याटिङ गरेको थियो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।

नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै विकेटकिपर श्रेयस मोभ्भालाई २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज कब्जा गरिसकेको छ।