२०८१ बैशाख २४ , सोमवार

आज सुनको मूल्य स्थिर

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।