२०८१ जेठ ६ , आइतवार

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड १६ औँ वार्षिक साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाघोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको बताए ।

उक्त साधारण सभामा सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित हुनुभएको छ ।