२०८१ बैशाख २४ , सोमवार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी, राष्ट्र बैंकले वोलायो बोर्ड बैठक

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

गभर्नर कार्यालय स्रोतका अनुसार साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने सम्भावना छ ।

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जस्तो गभर्नरलाई मौद्रिक नीति चलाउनुपर्ने दबाब नरहेकाले सोमबार साँझ नै छलफल सकिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

 

घट्ने सम्भावना छ ।