२०८१ बैशाख २५ , मंगलबार

सुनको भाउ घटयो चाँदी स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। अघिल्लो दिन शुक्रबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ मूल्य आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ।