२०८१ जेठ ६ , आइतवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा एसएसपी कृष्णहरि शर्मा

krishnahari-

सुनाखरी न्युज/ काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मालाई दिइएको छ । डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा सरुवा गरेर  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा शर्मालाई ल्याएका हुन् ।

विमानस्थलमा कार्यरत एसएसपी दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ । कृष्णहरि शर्मा पोखरेल बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका हुन् । माघ १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र प्रहरी कर्मचारीबिच कुटाकुट भएपछि त्यहाँको अवस्था ‘असामान्य’ बनेको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल डीआईजी नपठाउने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्– ‘केही समयका लागि एसएसपीले चलाउने कुरा भएको छ ।’