२०८१ बैशाख २४ , सोमवार

बैंकिङ प्रणालीबाट आज २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

nrb-nepal-rashtra-bank-3-1024×569

सुनाखरी न्युज/ काठमाडौं ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार २५ अर्ब खिच्ने भएको छ ।
लगातार तरलता खिच्दा पनि अन्तर बैंक औसत बयाजदर ३ प्रतिशत भन्दा तलै भएपछि राष्ट्र बैंकले आइतबार पनि २५ अर्ब तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।

निक्षेप संकलन उपकरण बोलकबोल उपकरण मार्फत ७ दिनका लागि २५ अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

२४ माघमा राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने सूचना प्रकाशित गरेपनि त्यसलाई क्यान्सिल गरेको थियो । २६ माघ शुक्रबार १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा २७ अर्ब ९० करोडको आवेदन परेको थियो । उक्त बोलकबोलमा बैंकहरुले अधिकतम ३।००९९ प्रतिशत र न्यूनतम २।७९८४ प्रतिशत ब्याजदर प्रस्ताव गर्दा औसत २।९४४४ प्रतिशत ब्याजदर कायम भएको थियो ।

 

 

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिचेको तरलता ८६ अर्ब ३० करोड छ । आइतबार थप २५ अर्ब खिच्ने भएको हो ।