२०८१ बैशाख १७ , सोमवार

एक दिवसीय सिरिजमा नेपालले क्यानडासँग आज दोस्रो खेल खेल्दै

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।

 

पहिलो खेलबाट नेपालले टोलीमा तीन परिवर्तन गर्ने सम्भावना छ । ओपनर आसिफ शेख, भीम सार्की र ललितनारायण राजवंशीलाई आज विश्राम दिनसक्छ ।

नेपालको कप्तानी रोहित पोडेल र क्यानडाको साद बिन जफरले गर्नेछन् । पहिलो खेलमा कप्तान रोहितले ४ विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए ।