२०८१ बैशाख २४ , सोमवार

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
समृद्धि फाइनान्सले माघ २६ गते शुक्रबार अनामनगर स्थित सिटि मन्टेश्वरीका शिक्षिका तथा कर्मचारीहरुबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
सो कार्यक्रममा फाइनान्सका नायव प्र्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले उपस्थित ३१ जनाको समुहलाई बैङ्किग प्राणलीको आवश्यकता र महत्व प्रकाश पार्नुका साथै वचत गर्ने बानिको बिकास, महत्व, बैङ्किग प्राणलीबाट प्रदान हुने सुविधाहरु र बैङ्किग सेवा लिन प्रोत्साहन प्रदान गर्नुभएको थियो ।

सिटि मन्टेश्वरीकी पिन्सिपल पुस्पा रिजालले शिक्षक तथा कर्मचारीहरु बीच राखीएको सो कार्यक्रमले बैङ्किग चेतनाको विकाश गरेको भन्दै फाईनान्स परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।