२०८१ बैशाख २४ , सोमवार

सुनको भाउमा सामान्य वृद्धि

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ।