२०८१ बैशाख २० , बिहिवार

शेखर, सुष्मा र अस्मिता फिचर्ड ‘मायाको झल्को’ सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको सुमधुर स्वरमा सजिएको ‘मायाको झल्को’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द अविनास थापा मगरको रहेको छ भने संगीत गणेश गुरुङको रहेको छ। गीतलाई स्वयम् गायक मगरले संयोजन गरेका हुन्।

मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा शेखर घर्ति मगर, सुष्मा आले मगर र अस्मिता मगरको अभिनय रहेको छ। भिडियोमा बिजय लामाले छायाँकन रहेको छ। अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई शेखर घर्ति मगरको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो ‘अविनास थापा मगर’ च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियो: https://youtu.be/KQbe_ps3HQk?si=6pO3zY-IEqnxL9C6