२०८१ बैशाख २१ , शुक्रवार

टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्जमा पुरानो गाडीलाई डाउन पेमेन्ट राखेर नँया गाडी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालकालागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले आजबाट भ्यालेन्टाइन स्पेशल – “एक्सचेञ्ज विथलव“कार्यक्रमको आयोजना गरेको छ।आजबाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सनइभी र टियागो इभीलगायतका गाडीहरु साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्य नजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो । उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगंज र जे.बि. मोटर्स् बालकुमारी र उपत्यकाबाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपालगंज, नारायणघाटमा रहेको एस एचमोटर्स लगायत नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना गर्न लागिएको हो ।

यस एक्सचेञ्ज वीदलव कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमाइभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज,सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्न सक्ने कम्पनीले जनाएका छन । यस कार्यक्रमको मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।

यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ । साथै नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनु हुन कम्पनिले अनुरोध गरेको छ ।

विस्तृत जानकारीका लागिः
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.
टोलफ्री नं. १६६००१५५७७७, ९८०१५७५७७७