२०८१ जेठ ६ , आइतवार

सजिलो डिजिटल नम्बर प्लेट प्रणाली ‘कता हो’ सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कता हो’ सञ्चालनमा आएको छ । पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कता हो’ ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिन्छ ।

काठमाडौंमा बुधबार सुरु भएको क्यान इन्फोटेक २०२४(CAN INFOTECH 2024) मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘कता हो’ को औपचारिक उद्घाटन गर्नुभएको हो ।देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिईयो प्रणाली तयार गरिएको साढे दुई दशकभन्दा बढी समयदेखि नवप्रवर्तनको क्षेत्रमा सक्रिय राम र लक्ष्मण रिमालले बताउनुभयो । उहाँहरुका अनुसार ‘कता हो’ को सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । राम र लक्ष्मण ग्रुप संलग्न रहेको एड्रेसग्राफ प्रालिले यो प्रणाली विकास गरेको हो ।

यो डिजिटल ठेगाना प्रणालीमा सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बर समेत राख्न सकिन्छ । यसको लक्ष्य दूर दराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमा चिह्न (Landmark), प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको नम्बर तयार गर्नु रहेको रिमालद्वयको भनाइ छ ।यो प्रणालीमा विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन पनि सकिन्छ । यो प्रणाली सबैका लागि बहु उपयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।

‘कता हो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने एड्रेसग्राफको भनाइ छ । ‘यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ,’ एड्रेसग्राफ प्रालिले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारी रूपमा गर्न सक्छन् । सबभन्दा पहिलो– यो प्रणाली प्रयोग गरेर पालिकाहरूले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन् ।

गाउँ तथा नगरपालिकाहरूले यसको प्रयोग गरेर विभिन्न प्रकारका लगत संकलन गर्न सक्छन् । लगत संकलनमा सबभन्दा पहिलो काम स्थान विशेषको पहिचान हो । त्यो चाहे घरको नम्बर होस्, खेतीयोग्य जमिन होस्, सार्वजनिक स्थान होस्, बाटोघाटो पुलपुलेसा जस्ता स्थिर चिजका लागि हरेकको ठेगाना अक्षांस र देशान्तरको रूपमा राख्न त सकिन्छ तर त्यसरी राख्दा त्यो एउटा अंकको रूपमा मात्र बस्छ । २८० मिटर लम्बाइ तथा २८० मिटर चौडाइको क्षेत्रलाई एउटा नेपाली शब्दले प्रतिनिधित्व गर्ने हुँदा यसलाई व्यावहारिक रूपमा प्रयोग गर्न सजिलो हुन्छ । साथै भविष्यमा गरिने हरेक प्रकारका व्यवस्थापनमा यसले अहम् भूमिका खेल्न सक्छ ।

सेवाग्राहीलाई करको दायरामा ल्याउन पनि पालिकाहरुले यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्छन् । यसको माध्यमबाट नक्सामै कुन कुन क्षेत्रका कुन कुन घर व्यावसायिक हुन्, कुन आवासीय हुन् पत्ता लगाउन सकिन्छ । तीमध्ये कति करका दायरामा छन् र कसरी कर तिरिरहेका छन् भन्ने कुरा पनि प्रस्टै देखिन्छ ।पालिकाले दैनिक गर्नुपर्ने काम, जस्तैः फोहर व्यवस्थापन, सामाजिक सुरक्षा, अनुगमन, सूचना तथा जानकारी लगायतमा ‘कता हो’ डिजिटल ठेगाना प्रणालीलाई प्रत्यक्ष प्रयोग गर्न सकिन्छ । ठेगाना प्लेटमा रहेको क्युआर कोड स्क्यान गरी फोहरको परिमाण, सामाजिक सुरक्षाका भत्ता लगायत सूचना तथा जानकारीका प्रमाण राख्न सकिन्छ ।

दैवी विपत्ति, घटना दुर्घटना तथा विपत्को सूचना र त्यसको प्रतिकार्यमा यो डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुन्छ । पालिकाका बासिन्दालाई आपत् पर्दा ‘कता हो’ कोडको अन्तिम १ शब्द र नम्बर मात्रैले उक्त व्यक्ति कुन ठाउँमा छ, ठ्याक्कै पत्ता लगाएर उद्धार सकिन्छ ।

पालिकास्तरबाट नियमित अनुगमन गर्नुपर्ने सार्वजनिक निर्माण, भवन निर्माण जस्ता फिल्डमा हुने कामका लागि स्थान पहिचान एकदमै चुनौतीपूर्ण हुने गरेको छ । पालिकासँगको सीमित स्रोत, साधनका कारण कुनै निर्माण स्थलमा अनुमति भन्दा अधिक स्थान ओगटेर निर्माण भइरहेको वा तोकिएभन्दा कम काम भइरहेको पत्ता लगाउन मुस्किल हुन्छ । ‘कताहो’ डिजिटल ठेगाना प्रणालीमार्फत् त्यस्ता क्षेत्रहरू कुनै पनि स्मार्टफोनको सहायताले पहिचान गर्न सकिन्छ । यसले स–साना सेक्टरलाई (३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइ) समेत समेट्न सक्ने भएकाले स्थान पहिचान तथा अनुगमन एकदमै चुस्त दुरुस्त राख्न मदत गर्छ ।

ताल तलैया, सार्वजनिक वन, पार्क लगायत स्थानको अतिक्रमण रोकथामको लागि यस ठेगाना प्रणालीको माध्यमबाट उक्त स्थानको रेखांकन गर्न सकिन्छ र त्यसको समूह ठेगाना कोड ९द्यबतअज ऋयमभ० को माध्यमबाट त्यस क्षेत्र वरपरको मापदण्डसम्मका स्थानमा निर्माण तथा भोग चलनमा सहज किसिमले रोक लगाउन सकिन्छ ।घर नम्बर जडानका साथै माथि उल्लेखितलगायत अन्य काममा समेत यो प्रणालीको बहुउपयोगी प्रयोग गर्न सकिन्छ ।

कता हो बारे थप जानकारी
‘कताहो’ वेबर मोबाइल एप (एन्ड्रोइड र एप्पल) भर्सनमा उपलब्ध छ । एपमार्फत आम सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुन्छ ।

‘कताहो’ एप नेपाल र नेपाल जस्तै ठेगाना पूर्वाधारमा थोरै काम भएका देशका लागि विकास गरिएको हो । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ ।

डिजिटल नम्बर प्लेट भनेको के हो ?
डिजिटल नम्बर प्लेट भन्नाले नेपालको सम्पूर्ण क्षेत्रफललाई ३.५ मिटर लम्बाइ र २.८ मिटर चौडाइका १५ अर्ब २ करोड हाराहारी प्लटमा विभाजन गरी हरेक प्लटका लागि शब्द र अंक मिलाएर युनिक नाम (नदोहोरिने नाम) दिइने ठेगाना प्रणाली हो ।

डिजिटल घर नम्बरप्लेट बनाउन कति खर्च लाग्छ ?
डिजिटल घर नम्बर प्लेट बनाई एक अर्कामा सेयर गर्न, बैंक तथा अन्य निकायका प्थ्ऋ फारममा कोड राख्न सर्वसाधारणले कुनै शुल्क तिर्नु पर्दैन । तयार भएको ठेगाना प्लेटलाई आफ्नो घरमा टाँस्नका लागि भने नजिकको प्रिन्टरकहाँ गएर छपाउनुपर्छ । छपाउँदा प्लेट र प्रिन्टको गुणस्तर अनुसारलाग्ने मूल्य तिरे पुग्छ ।

प्लेट बनाएर नटाँसीकन पनि आफ्नो ठेगाना दिन सकिन्छ ?
भौतिक रूपमा घर नम्बर प्लेट नबनाइकन पनि तपाईंले आफ्नो ठेगाना जो कसैलाई दिन सक्नुहुन्छ । त्यसको लागि आफ्नो घरको मुख्य प्रवेशद्वारमा उभिएर ‘कताहो’ एपमार्फत् २ मिनेटमै डिजिटल प्लेट तयार गर्न सकिन्छ । त्यो डिजिटल प्लेटलाई आफन्त, प्रहरी, दमकल, राइड सेयरिङ, सामान डेलिभरी, कुरियर जस्ता सेवा प्रदायकसँग सेयर गरी तुरुन्तै सेवा लिन सकिन्छ ।

हामीले पहिल्यै ठेगाना प्लेट जडान गरिसक्यौं, यसको के काम ?
स्थानीय सरकार वा टोल समाजबाट यहाँले ठेगाना प्लेट जडान गरिसकेको भए पनि पुरानो प्लेटको विवरण योनयाँ डिजिटल प्लेटमा राख्न सकिनछ । ‘कताहो’एपमार्फत् बन्ने प्लेटमा स्थानीय निकायको नाम तथा वडा नम्बर समेत समावेश हुन्छ । ती विवरणलाई क्युआर कोडमा पनि राखिएको हुनाले सेवा प्रवाहका लागि यो कुरा महत्वपूर्ण हुन्छ । त्यस्तै संघीय सरकार र स्थानीय सरकारको पहलमा मेट्रिक तथा अन्य प्रणालीबाट राखिएका ठेगानालाई समेत यस प्रणालीमा समावेश गर्न सकिन्छ ।

घर नम्बरका अलावा यसमा अरु के के सुविधा छन् ?
‘कताहो’ प्रणाली घर ठेगाना प्लेट तयार पार्न मात्र बनेको प्रणाली हैन । यो नेपालको समग्र ठेगानापूर्वाधारको लागि तयार भएको अत्याधुनिक विकास हो । यसले घर, गोठ मात्र नभई सम्पूर्ण जमिनको एक एक भागको ठेगाना तयार गर्न सक्छ ।

घर नम्बरप्लेट तयार गर्दाक्युआर कोड समेत राखिन्छ । घरमा आइपुगेको व्यक्तिले त्यही क्युआर कोडमार्फत् घन्टी समेत बजाउन सक्छ । त्यही क्युआर कोडमार्फत् फोहर संकलनको जानकारी दिने, सर्भे गर्ने, स्थानीय स्तरको सूचना प्रवाह जस्ता काम छिटो र कम लागतमा गर्न सकिन्छ ।

कताहो कोडमा प्रयोग भएका शब्दहरूको मतलब के हो ? ती शब्दहरू कसरी प्रयोग गरिएको छ ?
ठेगाना भनेको सबैले बोल्न र बुझ्न सक्ने हुनुपर्छ भन्ने मान्यतामा सामान्य नेपाली नागरिकले बोल्ने नेपाली भाषाका एकदमै सजिला शब्दर अंक मिलाएर यो नयाँ प्रकारको ठेगाना कोड बनाइएको छ । यसमा जम्मा ४०० नेपाली शब्दप्रयोग भएका छन् । यो ठेगाना प्रणालीमा ४ वटा भाग छन्– पहिलो, सेक्टर कोड नम्बरमा (१ देखि २८ वटा), दोस्रो सब–सेक्टरकोड शब्दमा । यसमा ४०० वटा शब्दले आआफ्ना सब सेक्टर जनाउँछन् । तेस्रो, लोकल कोड यसमा पनि सब–सेक्टरका शब्द ४०० वटा रहन्छन् र अन्तिम अर्थात् चौथोमा ४ वटा अंकको घर नम्बर रहन्छन् । हामीले ठेगाना सेयर गर्नुपर्दा अन्तिमको ४ वटा घर नम्बरकोअंक र लोकल कोडको शब्द सेयर गरे पुग्छ ।

एउटा ठेगाना कति आकारको हुन्छ ?
३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइसम्मको सानो आकारमा ‘कता हो’प्रणालीमार्फत् एउटा ठेगाना बनाउन सकिन्छ ।

थप जानकारी
राम रिमालः ९८०२०००४५६
लक्ष्मण रिमालः ९८५१०२२७११

Photo link :https://drive.google.com/drive/folders/1BNcRvbQv-wIYotlFA6yLdy0D_RoZrkRH

Video link:https://drive.google.com/drive/folders/1D4vbYXBqlMPzasSsyv-MvBdZbEbuBda-