२०८१ जेठ ५ , शनिवार

समृद्धि फाइनान्सका ग्राहकहरुलाई प्राउड नेपाल अईटि सप्लायर्समा भारी छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनि लिमिटेडले माघ २५ गते प्राउड नेपाल आईटि सप्लायर्स प्रा.लि.पुतलि सडक, काठमाण्डौसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति २०८०/१०/२६ देखि २०८१/१०/२५गते सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा QRप्रयोग गरि उक्त सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटि सम्बन्धित वस्तु खरिद गर्दा तथा मर्मत संम्भार गर्दा भारी छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट उप प्र्रमुख कार्यकारी अधिकृत गोकण प्रसाद दुवाडी र प्राउड नेपाल आईटि सप्लायसका तर्फबाट संस्थापक श्याम रेग्मीज्यूले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सका सम्पुर्ण ग्राहकहरुले प्राउड नेपाल आईटि सप्लायर्स प्रा.लिमा मर्मत संम्भारमा १५% र कुनै पनि ब्रान्डका नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटि सम्बन्धित वस्तु खरिद गदा १% छुट प्राप्त गर्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।