२०८१ बैशाख १७ , सोमवार

नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारे

Capture

सुनाखरी न्युज/काठमाडौं ।
नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ।बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्‍यो।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्याडना ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो।नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।अब नेपालले दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार खेल्नेछ।