२०८१ बैशाख १७ , सोमवार

सोमपालले नेपाललाई दिलाए दोस्रो सफलता

Capture

सुनाखरी न्युज/काठमाडौं ।
नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ ।

सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे ।

क्यानडाले छैटौं ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ ।