२०८१ बैशाख १७ , सोमवार

रिजनले लिए पहिलो विकेट

सुनाखरी न्युज/काठमाडौं ।
नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालका रिजन ढकालले डेब्यू खेलमा विकेट लिएका छन्।

बायाँ हाते तीव्र गतिका बलर रिजनले आफ्नो स्पेलको पाँचौ बलमा विकेट लिन सफल भए।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको क्याडनाका नवनीत धलिवाललाई रिजनले ६ रनमा विकेट पछाडि आसिफ शेखबाट क्याच गराए।

जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले २.५ ओभरमा १ विकेट गुमाएर १९ रन बनाएको छ ।