२०८१ जेठ ३ , बिहिवार

नेपालले छैटौं विकेट गुमायो

सुनाखरी न्युज/काठमाडौं ।
क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले ६ विकेट गुमाएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका आरिफ शेख छैटौं विकेटको रुपमा ३८ रनमा आउट भएका छन्।

आरिफ ५० बलमा ४ चौका प्रहार गर्दै क्यानडाका उदय भगवानको बलमा बोल्ड भए। त्यतिबेला नेपालले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोडेको थियो।
त्यसअघि अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रन जोडे। एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।यस्तै भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रनभन्दा बढी जोड्न सकेनन्। कुशल मल्ल आउट हुँदा नेपालले २९.३ ओभरमा ५ विकेटको क्षतिमा १४१ रन जोडेको थियो।