२०८१ जेठ २ , बुधवार

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

gold-1

सुनाखरी न्युज/काठमाडौं ।
नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।