२०८३ जेठ १२ , मंगलबार

‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को छैठौँ संस्करण सुरु

Capture

सुनाखरी न्युज/काठमाडौं ।
प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले फेब्रुअरी ७ तारेखका दिन काठमाडौंको मण्डी खटार स्थित गेट कलेजमा पब्लिक इस्पिकिंग कम्पिटिसनको भब्य आयोजना सम्पन्न गर्दै प्रतेक बर्ष आयोजना गरिने पाटा युथ ट्यालेन्ट क्वेस्ट को छैठौँ संस्करण सुरु गरेको छ ।

कार्यक्रममा युवा पर्यटन प्रोफेशनल वक्ताहरुले नेपालमा पर्यटन विकासका लागि दिगोपन, नवप्रवर्तन, उदीयमान प्रवृत्ति, चुनौतीहरू र अवसरहरू जस्ता विषयहरूमा प्रश्तुती दिएका थिए र उनहरुको प्रश्तुतीकरण मूल्याङ्कनका लागि निर्णायक मण्डलमा दीपेन्द्र पुरुष ढकाल (पूर्व सचिव–पर्यटन मन्त्रालय), नरेन्द्र देव भट्ट (प्रबन्ध निर्देशक– हेरिटेज टुर्स एण्ड ट्राभल्स) र सुनील शाक्य (अध्यक्ष–केजीएच ग्रुपअफ होटल्स एण्ड रिसोर्ट्स) रहेका थिए।

आज सम्पन्न पब्लिक इस्पिकिंग कम्पिटिसन प्रतियोगीतामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) की छात्रा सुश्री मानभी सिंग ऐयर पब्लिक स्पिकिङ प्रतियोगिताको विजेता बनेकी छिन। त्यसैगरी, ग्लोबल एकेडेमी अफ टुरिजम एंड हस्पिट्यालिटी एजुकेशन (गेट)की छात्रा सुश्री निधि शर्मा र इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी)की छात्रा प्रभा राई क्रमशः प्रथम उपविजेता र द्वितीय उपविजेता बनिन।पाटा नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेन्ट को सहकार्यमा विभिन्न प्रायोजक तथा सहयोगी संस्थाहरू बुद्ध एयर,हाईग्राउन्ड एडभेन्चर नेपाल, केजीएच ग्रुप अफ होटल्स एण्ड रिसोर्ट, कम्युनिटी होम्स्टे नेटवर्क लगायत पाटामा आबद्ध शैक्षिक संस्थाहरु मिड–भ्याली, नाथम रगेट कलेज को सहयोग तथा समन्नवयमा छैठौँ युथ ट्यालेन्ट क्वेस्ट आयोजना गरिरहेको छ।

छैठौँ युथ ट्यालेन्ट क्वेस्ट अन्तर्गतको अर्को कार्यक्रमहरु अन्तरगत यही फेब्रुअरी ८ तारेखमा टुरिजम तथा हस्पिटालिटी क्विज प्रतियोगिता आयोजना हुनेछ भने फेब्रुअरी१० तारेखमा नाथम कलेजमा पाटा युवा टुरिजम प्रोफेसनल शेफ प्रतियोगिता र कन्टेन्ट राइटिङ प्रतियोगिता आयोजना गरिनेछ।पाटा युथ ट्यालेन्टक्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो ।

सो कार्यक्रमप्रति भावान यूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ ।