२०८१ जेठ ४ , शुक्रवार

क्यानडाविरुद्ध  कुशलको अर्धशतक

Kusal_6kplYX6c9k

सुनाखरी न्युज / काठमाडौं ।

टियु मैदान, कीर्तिपुरमा जारी नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलम नेपालले दोस्रो विकेट गुमाएको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालका लागि भुर्तेतलले ४४ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ८ चौका र १ छक्कासहित १४ औं ओभरको चौथो बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।

 

उनीसँग ओपनर आसिफ शेख, रोहित पौडेलले साझेदारी गरेका थिए।शेखले र कप्तान पौडेलले ८/ ८ रन बनाएर आउट भए। भुर्तेललाई अहिले भीम सार्कीले साथ दिइरहेका छन्।

 

नेपालले अहिले १७ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८८ रन बनाएको छ। भुर्तेलले ९ चौका प्रहार गरेका छन् । नेपालले १४ ओभरमा ७० रन कटाउँदा दुई विकेट गुमाएको छ ।