२०८१ बैशाख १७ , सोमवार

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२.७७ करोड

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.वको दोस्रो त्रैमाससम्मा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुदना फामा १२.९०प्रतिशतको वृद्धि भएको कम्पनीले जनाए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतआर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्मा कुल बीमा शुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ जुन गतवर्षको सोहि अवधिमा प्राप्त कुल बीमा शुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धी भएको बताए । कम्पनीले समीक्षा अवधिमा रु ३ अर्व १६ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो ।

आर्थिक वर्षको सोही अवधिसम्मा कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थियो । नविकरण बीमा शुल्क १६ अर्व ८३ करोड रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्मा कम्पनीले १५ अर्व ९७ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेकाथियो । कम्पनीले दोस्रो त्रैमासिकअवधिसम्ममा रु. ६८२.०५ करोड खुद दावी भुक्तानी गरेको छ । कम्पनीले छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्मा रु. १८,६१०.२१ करोड भरपर्दा एवं सुरक्षित क्षेत्रमा लगानी गरेको छ ।

गत आर्थिक वर्षको अन्त्य सम्मा करिव १५० अर्व८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष १.७४ प्रतिशतले वृद्धि भई करिव १८३अर्व ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषमा १ अर्व ४ करोड रुपैयाँ सञ्चित छ । त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्व ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ। ८ अर्व २० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर१०.०२ प्रतिशत रहेको छ ।

समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीचपनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रुपमा लिन सकिन्छ ।आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रुपमा संचालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अवलम्बन गर्दै नेपालीहरुको घर दैलोमा गुणस्तरीय बीमा सेवाप्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मुर्तता प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमूखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ । साथै यस प्रगतिमा अहोरात्र साथ दिनुहुने समस्त सरोकारवालाहरुलाई प्रमुख कार्यकारी अधिकृत पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको छ।