
सुनाखरी न्युज/ काठमाडौँ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड”बन्दमुखी योजनाको बीजपूँजी सहित अंकित मूल्य रु.१०/- दरका
१०,००,००,००० (दश करोड) इकाईहरु मिति २०८०/१०/०२ गतेदेखि २०८०/१०/१६ (बैंकिङ्ग समय पश्चात्) गते सम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधि भर रितपूर्वक आवेदन दिनुभएका ३ ९,२७१जना आवेदकहरु मार्फत ९,५८,४९,१६० इकाईकालागि
रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाईभन्दा अधिक इकाईको लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान“सामूहिक लगानी कोष निर्देशिका, २०६९” भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्मको इकाई बाँडफाँड गर्न सकिने
हुँदा इकाई खरिदकालागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै आज मिति २०८०/१०/२४ गते बिहानको ९:०० बजे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीजपूँजी सहित योजनाको आकार रु.१,१३,००,००,०००/-(अक्षरेपी एक अर्ब तेह्र करोड रुपैयाँमात्र) अर्थात ११,३०,००,००० इकाई कायम गरिएको जनाए ।