२०८१ बैशाख २५ , मंगलबार

पाकिस्तान आम निर्वाचन : मौन अवधि शुरू

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
पाकिस्तानको निर्वाचन आयोगले बिहीबार हुने पाकिस्तानको आम चुनाव २०२४ को सबै तयारी मङ्गलबार मध्यरातमा राजनीतिक दल तथा उम्मेद्वारहरूले आधिकारिक नियमहरू अनुरूप आफ्नो अभियान सम्पन्न गरेका छन् ।आम चुनावमा सहभागी हुने कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले मौन अवधिमा बैठक, जुलुस, प्रचार लगायतका कार्यक्रममा भाग लिएमा कानून अनुसार कारर्वाही गरिने सुचना पाकिस्तानको निर्वाचन आयोगले जानकारी गराएको छ ।

निर्धारित समयपछि, निर्वाचन अभियान, विज्ञापनलगायत अन्य लिखित सामग्रीहरू इलेक्ट्रोनिक र छापाका सञ्चारमाध्यम प्रकाशन गर्न समेत निषेध गरिएको निर्वाचन आयोगल जनाएको छ ।निर्वाचन आयोगले चुनाव सम्पन्न नभएसम्म सञ्चारमाध्यममा सबै प्रकारका मतदान सर्वेक्षणको प्रकाशन र प्रसारणमा पनि प्रतिबन्ध लगाएको छ ।

राजनीतिक नेता र प्रतिस्पर्धी उम्मेदवारले अधिकतम सार्वजनिक समर्थन प्राप्त गर्नका लागि चुनावी अभियानमा सार्वजनिक जमघट, ¥याली, बैठक र घरदैलो अभियान सञ्चालन गरेका थिए ।निर्वाचन आयोगका अनुसार देशभर ९० हजार ६७५ मतदान केन्द्र स्थापना गरिएको छ । सुरक्षाकर्मी तथा मतदाताको सहयोगमा चुनावकोे लागि सबै व्यवस्था सम्पन्न भइसकेको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार राष्ट्रिय सभा वा संसदको तल्लो सदनका लागि २६६ वटा साधारण सीटसहित कूल पाँच हजार एक सय २१ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।प्रदेश सभाका लागि चार प्रान्तका ५९३ सिटमा १२ हजार ६९५ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।
निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रिय सभा र प्रदेश सभा चुनावका लागि मतदान गर्न सबै दर्ता भएका मतदातालाई आग्रह गरेको छ ।
रासस / सिन्ह्वा