२०८१ बैशाख २४ , सोमवार

महालक्ष्मी विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
महालक्ष्मी विकास बैंक लि.मा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मिति २०८० माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले दिपेश लम्सालज्यूलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहनु भएको लम्साल ज्यू तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहनु भएको थियो ।

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यव्रmम सम्पन्न गरिएको थियो । उक्त कार्यव्रmममा नवनियुक्त प्रमुखकार्यकारी अधिकृत लम्सालज्युले बैंक प्रतिको जन विश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवाप्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाउनु भएको छ ।

साथै उँहाले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गर्नुभएको छ ।विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालज्युसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।