२०८१ जेठ ६ , आइतवार

राजीनामा बुझाएका डीआईजी अर्जुन चन्दलाई नक्सालमा ‘काज’ सरुवा गर्न सिफारिस

dig chand

सुनाखरी न्युज/ काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दलाई नक्सालमा ‘काज’ सरुवा गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

डीआईजी अर्जुन चन्दले राजीनामा पेस गरेका छन् । तर, प्रहरी प्रधान कार्यालयले राजीनामा ‘प्रक्रिया नपुगेको’ भन्दै स्वीकृतिका लागि अगाडी बढाएको छैन । प्रहरी महानिरीक्षक बसन्त कुँवरले उनलाई काजमा प्रधान कार्यालयमा सरुवाका लागी गृह मन्त्रालयमा सिफारिस पत्र पठाएका हुन् ।

 

प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृत भन्छन्–‘राजीनामा पत्र फर्म्याटमा ल्याउन भनेर उहाँलाई नै फिर्ता गरेका छौँ ।’ प्रधान कार्यालयले राजीनामा पत्र फिर्ता दिएपछि उनले १० दिनको बिदा लिएका छन् । चन्दले राजीनामा बुझाएको कुरा २० माघमा सार्वजनिक भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिको सिफारिसप्रति डीआईजी चन्द असन्तुष्ट थिए । छानबिन समितिले विवादमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ ।