२०८१ जेठ ६ , आइतवार

प्रतिनिधि सभा बैठक बस्दै, के छ आजको बैठकको कार्यसूचि ?

सुनाखरी न्युज/ काठमाडौं ।

संघीय संसदको प्रतिनिधिसभा बैठक आज  बिहान ११ बजेका लागि तय भएको छ ।

आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् ।

 

यसैगरी आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।