२०८१ बैशाख २० , बिहिवार

अजाया र अल अली ग्रुप, युएइ बीच साझेदारीका लागि एमओयू

Screenshot 2024-02-06 153916

सुनाखरी न्युज/ काठमाडौं ।
डायमण्ड (हिरा)कोअन्तराष्ट्रिय बा्रन्ड अजाया, नेपाल र दुबईकोअल अली ग्रुपलेव्यावसायिक साझेदारीकोहात
अघि बढाएका छन्। अजाया बा्रन्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने
उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।
अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र अजाया नेपालका राकेश कुमार अडुिकयाले
उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारीलेविज्ञता र लगानीलाई एकैठाउँमा ल्याएकोहँदुा
अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा
लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्नेछ । विश्व बजारमा नेपाली हस्तकलाको प्रवद्र्धनमा पनि यो समझदारी
कोसेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ ।
समझदारीबारे स्पष्ट पार्दै अजायाका राकेश अडुकिया भन्नुहुन्छ, ‘अजाया हामीले डायमन्डमा हासिल गरेको
विशष्ोज्ञताका आधारमा अघि बढाइएकोबा्रन्ड हो। यसलाई नेपालमा मात्रैनभएर विश्व बजारमैस्थापित गर्ने
लक्ष्य छ । अल अली ग्रुपसँगकोसाझदे ारीलेलगानी र विशेषज्ञतालाई एकैठाउँमा ल्याउनेकाम गरेकाले यो
नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं ।’
त्यसैगरी विशाल सम्भावना रहके ो नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले
सहयोग गर्ने उहाँले बनाउनु भयो । निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत
पर्यटन क्षेत्रमा प्रवेश गर्ने बताउनु भयो ।
अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो
समूहकोचाहनालाई मूर्त रुप दिन योसमझदारी कोसेढुंगा साबित हनु ेबताए । ‘नेपालकोपर्यटन क्षेत्रमा हामीले
ठूलो सम्भावना देखेका छौं । अल अली ग्रुप पर्यटन र अतिथि सत्कार क्षेत्रको आफ्नो लामो अनुभवलाई नेपालमा
पनि लगानी गर्न चाहन्छ । आजको समझदारी र अजायासँगको हातेमालोले हामीलाई निकै उत्साहित बनाएको
छ ।’ उनले भने ।