२०८१ जेठ २ , बुधवार

तीन दिनमा एक हजार पाँच सय रूपैयाँ घट्यो सुनको मूल्य

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले तेस्रो दिन मंगलबार पनि निरन्तरता पाएको छ ।

आइतबार प्रतितोला छ सय रूपैयाँ, सोमबार प्रतितोला चार सय रूपैयाँ र मंगलबार प्रतितोला पाँच सय रूपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।