२०८१ जेठ ४ , शुक्रवार

साफ यू-१९ महिला च्याम्पियनसिपः फाइनल पुग्न नेपालले भारतलाई हराउनैपर्ने

womens-team-u-9- 1024×714 nepal

सुनाखरी न्युज/ काठमाडौं ।

साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले लिगको आफ्नो अन्तिम खेलमा आज भारतसँग खेल्दैछ । खेल बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

 

शीर्ष दुईमा रहेर प्रतियोगिताको फाइनल खेल्न नेपाललाई आज स्पष्ट जितको आशव्यकता छ । नेपालको लागि यो खेल गर या मरको अवस्थामा छ ।

 

जितले नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ । घरेलु ६द्यी बंगलादेश दुई खेल जित्दै फाइनल पुगिसकेको छ ।