२०८१ बैशाख २५ , मंगलबार

नेपाल भूतपूर्व सैनिक सङ्घको तदर्थ समितिमा ७९ सदस्य थप

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले नेपाल भूतपूर्व सैनिक सङ्घको तदर्थ कार्यसमितिमा ७९ सदस्य थप गरेको छ ।पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मेघराज टन्डनको अध्यक्षतामा गठित नेपाल भूतपूर्व सैनिक सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज ७९ सदस्य मनोनयन गर्नुभएको हो ।

मनोनयन गरिएका सदस्यमा वासुदेव भण्डारी (तनहुँ), जीतबहादुर भट्ट (गोरखा), कुम्भराज गुरुङ (ललितपुर), टोपबहादुर मल्ल (बागलुङ), भक्तजङ्ग राई (खोटाङ), लक्ष्मीप्रसाद लिम्बू (काठमाडौँ), नारायणबहादुर खड्का (ललितपुर), चन्द्रबहादुर गुरुङ (गोरखा), चक्रबहादुर अस्लमी मगर (कैलाली), उद्दिमकुमार राई (सङ्खुवासभा), थिरप्रसाद जबेगु (पाँचथर) रहनुभएको छ ।

यस्तै, चित्रबहादुर गुरुङ (कास्की), केवलमान गुरुङ (सङ्खुवासभा), भूपालसिंह राई (ताप्लेजुङ), तुलासिंह गिरी (दार्चुला) चौबहादुर गुरुङ (स्याङ्जा), गणेशबहादुर गुरुङ (काठमाडौँ), रामबहादुर परियार (अर्घाखाची), हरिबहादुर भण्डारी (बागलुङ), सूर्यबहादुर थापा (तनहुँ), विनुबहादुर थापा (पाल्पा), कुलबहादुर केसी (रुपन्देही), लिलासिंह राना (रुपन्देही), ईन्द्रबहादुर दाहाल (काभ्रे)लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी, एसवी. आले (गोरखा), गोपालसिंह अर्याल (अर्घाखाची), रामकृष्ण सुनुवार (काठमाडौँ), केशबहादुर गुरुङ (युके), नारायणबहादुर सुयल (लमजुङ), लालनाथ घिमिरे (नवलपरासी), शेरबहादुर गुरुङ (लमजुङ), मीनबहादुर कार्की (म्याग्दी), रामबहादुर अधिकारी (तनहुँ), शुभलाल भुसाल (कपिलवस्तु), मेहर सिंह कुँवर (कपिलवस्तु), काजिबाबु श्रेष्ठ (गोरखा), चन्द्रबहादुर फोम्बो लिम्बू (सुनसरी), विष्णुमाया तामाङ (काठमाडौँ), उदयवीर सिंह (बर्दिया) हुनुहुन्छ ।

धनबहादुर खड्का (धनकुटा), प्रेमबहादुर गुरुङ (पर्वत), प्रेमबहादुर राना (नवलपुर), वीरबहादुर शाही (नवलपुर), रामचन्द्र अर्याल (तनहुँ), हरिबहादुर थापा –चितवन), हेमबहादुर गुरुङ (मकवानपुर), दिलबहादुर क्षेत्री (नवलपुर), टेकसिंह कार्की (बैतडी), मानबहादुर थापा (नवलपरासी), पूर्णमान श्रेष्ठ (नवलपरासी), कर्णेल कृष्णबहादुर खत्री (कास्की), नारायण सिंह ठकुरी (गुल्मी), दिलबहादुर थापा (गोरखा), कमलबहादुर अधिकारी (लमजुङ), खड्कबहादुर कार्की (पर्वत), क्षेत्रबहादुर थापा (स्याङ्जा)लाई मनोनयन गरिएको मुख्यसचिव पौडेलले बताउनुभयो ।

यस्तै, रामबहादुर बस्नेत (दोलखा), टहलबहादुर कार्की (रामेछाप), प्रेमबहादुर गुरुङ (ईलाम), गगनसिंह गुरुङ (सुर्खेत), अमरचन्द राना (सल्यान), नन्दबहादुर शाही (जुम्ला), चित्रबहादुर राना (दैलेख), शिवध्वज मल्ल (दाङ), श्रीराम आले (काठमाडौँ), निर्मल कुँवर (ललितपुर), राजु सिग्देल (काभ्रे), देवेन्द्रप्रसाद शर्मा (नवलपुर), खगेन्द्र कुँवर (काठमाडौँ), उदयबहादुर थापा (गुल्मी), ओमनाथ पौडेल (बारा) हुनुहुन्छ ।

मुख्यसचिव पौडेलले होशियार सिंह थापा (बागलुङ), राजकुमार आचार्य (नुवाकोट), फुलबहादुर गुरुङ (धादिङ), महादेवप्रसाद अधिकारी (रुपन्देही), एकराज नेम्वाङ (पाँचथर), कृष्णबहादुर खत्री (बागलुङ), रेश्मीराज अधिकारी (कपिलवस्तु) र लालबहादुर लिम्बू (झापा) लाई मनोनयन गरिएको बताउनुभयो ।    रासस