२०८१ जेठ ५ , शनिवार

बीस वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ । मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका–५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरेको उक्त शाखाको व्यवस्थापक मुना लामाले जानकारी दिनुभयो ।

परिवारका सदस्यले उपचार प्रयास गरे पनि सम्भव नभएपछि उनलाई लामो समयदेखि कोठामा थुनेर राखिएको थियो । सिर्मललाई परिवारले कोठामा वरिपरि ढुङ्गामाटोको कोठा बनाएर अगाडि फलामे ढोका हालेर थुनेर राख्दै आएका थिए । खाना कोठाभित्र पु¥याउनका लागि फलामे ढोकामुनितिर केही भाग खुला छोडेर सिर्मललाई परिवारले कोठामै थुनेर राख्ने गरेको रहेछ, व्यवस्थापक लामाले भन्नुभयो, “गोरखा नगरपालिकाको समन्वयमा उनको उद्धार गरिएको हो ।”

घरमा कसैलाई नजिक आउन नदिने र सबैलाई कुटपिट गरी लखेट्ने गरेपछि गाउँमा असुरक्षा महसुुस भएकाले सिर्मललाई लामो समयदेखि कोठामा थुनेर राखिएको परिवारको भनाइ थियो । सिर्मलकी आमा फिस्टी सिर्मलले छोराको उपचार गर्न नसकिएकाले एउटै कोठामै ओछ्यान र शौचालय समेतको व्यवस्था गरी थुनेर राख्नु परेको बताउनुभयो ।

उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल, भरतपुर अस्पताल र अल्का अस्पताल पु¥याइए पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएकाले परिस्थिति जटिल हुँदै आएको थियो । विसं २०५८ देखि मङ्गलबाबुमा मानसिक समस्या देखिएको आमा फिस्टीको भनाइ थियो । गोरखा नगरपालिकाको उपप्रमुख मसलीमाया थोकर (सपना पुन) सहित जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र पत्रकारलगायतको उपस्थितिमा उनलाई उद्धार गरिएको संयोजक लामाले बताउनुभयो ।

उद्धार गरिएका मङ्गलबाबुलाई पोखरास्थित मानवसेवा आश्रममा पु¥याइएको छ । उनलाई हेम्जास्थित उक्त आश्रमको शाखामा राखेर मनोचिकित्सकको प्रत्यक्ष रेखदेखमा उपचार हुने उहाँको भनाइ थियोे ।सडक दुर्घटनामा हुने मानवीय क्षतिको सङ्ख्या बर्सेनि बढ्दै छ । आर्थिक वर्ष २०८०÷८१ का बितेका छ महिनामा मधेसमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका थिए । सो अवधिमा भएका साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटनामा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोही अवधिमा सडक दुर्घटनामा परी महोत्तरीका ३१ जनाले ज्यान गुमाएका थिए । जिल्लाका विभिन्न स्थानमा भएका दुई सय ६५ वटा सडक दुर्घटनामा अङ्गभङ्ग भई घाइते हुने तीन सय २५ पुगेकामा ८४ जना त सख्त घाइते भई अझै सकसपूर्ण अवस्थामा रहेका महोत्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामभक्त भट्टराईले बताउनुभयो ।

सडक दुर्घटनामा ज्यान जाने र घाइते हुनेमा बढीजसो ३० वर्ष मुनिका युवा रहेका र तीमध्ये धेरैजसो मोटरसाइकल दुर्घटनामा परेका उहाँको भनाइ थियो । सवारीसाधन चलाउने दक्षता र सोसम्बन्धी अनुमतिपत्र बेगर नै मोटरसाइकल चलाउने बढी दुर्घटनामा परेका ट्राफिक प्रहरीको अभिलेखमा उल्लेख छ । विशेषगरी युवा उमेरका मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेर द्रुतगतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढी भएका देखिएको प्रमुख भट्टराईको भनाइ थियो ।

“हामीले निरन्तर जाँच गर्ने, कारबाही गरी जरिवाना तिराउने र अन्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “तर दुर्घटना न्यूनीकरण भएका छैनन् ।” जाडो याममा बाटो नदेखिने गरी लाग्ने बाक्लो हुस्सु पनि दुर्घटनाका कारण रहेको ट्राफिक प्रहरीको भनाइ थियो । महोत्तरीमा बितेका छ महिनामा कूल २३ हजार तीन सय ४८ सवारीसाधन कारबाहीमा परेकामा सबैभन्दा बढी १२ हजार पाँच सय २८ मोटरसाइकल परेका थिए ।

यसैगरी चार हजार आठ सय २८ कार तथा जिप र चार हजार ९८ ट्रक कारबाहीमा परेकामा तिनबाट रु एक करोड ९१ लाख, ९६ हजार पाँच सय जरिवाना असुल गरिएको थियो ।  रासस