२०८१ बैशाख १५ , शनिवार

त्रिविको मानविकी संकायले: अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायको डीनको कार्यालयले अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।डीनको कार्यालयका अनुसार स्नातकोत्तर, अधिनास्तक (पीजीडी) स्नातक तहका शैक्षिक कार्यक्रमहरु भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।

तर, कतिपय विभाग, क्याम्पस, कलेजहरुले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरेको पाइएको र त्यस सूचनाप्रति डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।

डीनको कार्यालयले सूचना जारी गर्दै कतै अनलाइन कक्षा सञ्चालन भएमा त्यस्ता विभाग, क्याम्पस, कलेज नै जिम्मेवार हुने र त्यसरी अध्ययन गरेका विद्यार्थीहरुको सत्रान्त परीक्षा सञ्चालन गर्न डीन कार्यालय बाध्य नहुने समेत उल्लेख गरेको छ ।