२०८१ जेठ २ , बुधवार

शान्ति सुरक्षाको प्रत्याभ्रति दिलाउने वातावरण निर्माणका लागि पहलगर्न महासंघको ध्यानाकर्षण

aa

सुनाखरी न्युज/ काठमाडौं ।
ब्यवसायीक सुरक्षाको प्रत्याभ्रति दिलाउने वातावरण निर्माणका लागि नवलपरासी सुनचाँदी ब्यवसायी संघले नेपाल सुनचाँदी ब्यवसायी महासंघको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष अुर्जन सुनारको नेतृत्वमा आएको प्रतिनिधीमण्डलले महास.घका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीसँग भेटगरी यस्तो माग गरेको हो । त्यसक्रममा संघले आफ्नो तर्फवाट जारी गरेको एक विज्ञप्ति समेत हस्तान्तरण गरेको छ ।

विज्ञप्तिमा पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वार्ड न ४ बस्ने अन्दाजी बर्ष ६५ को सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मालाई सुस्ता गाउँपालिका वार्ड न १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा २०८० माघ २० गते शनिबार बर्दघाट नगरपालिका वार्ड न १६ स्थित केराबारी गाउँको नजिक चोरघोला भन्ने स्थानमा अज्ञात ब्यक्तिकले गोलि प्रहार गरी गम्भिर रुपमा घाइते बनाई साथमा भएको धनमाल समेत लुटेर लगेको घटना प्रति चिन्ता ब्यक्त गरेको छ । साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने वातावरण निर्माणका लागि पहल गर्न महासंघको ध्यानाकर्षण समेत गराएको छ ।

सो बिषयमा महासंघले पनि आइतबार एक विज्ञप्ति जारी गर्दै घटना प्रति दुखः ब्यक्त गर्नुका साथै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषिलाई तत्काल कारावाही गर्न माग गरेको छ ।