२०८१ जेठ २ , बुधवार

घट्यो सुन–चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार?

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ।आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन आर्थत आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।