२०८१ बैशाख १५ , शनिवार

प्रभु महालक्ष्मी लाइफको मिडटर्म विजनेस समिट सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उपक्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गतेदेखि २१ गतेसम्म ३ दिने विजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो।

‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईज्यूले गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुखकार्यकारी अधिकृत सन्तोष प्रसाईज्यूले यस किसिमका विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

निमित्त प्रमुखकार्यकारी अधिकृत सन्तोष प्रसाईज्यूले थप्नुभयो, दुईवटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफइन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्नेछ।उहाँले थप्नुभयो, एकताले नै समृद्धि हासिल हुन्छ।हाम्रो एकताले समृद्धिको सन्देश दिनेछ।हाम्रो लक्ष्यप्राप्ती एवं सफलता हासिल टिमवर्कले नै सम्भव छ, त्यसैले हामी टिमवर्कमा काम गरौं निमित्त प्रमुखकार्यकारी अधिकृत सन्तोष प्रसाईज्यूले थप्नुभयो।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेज्यूले अन्डर राइटिङ्गका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासा माथि समेत प्रष्ट पार्नु भयो।प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरज्यूले सम्बोधन गर्दै जीवन बीमा व्यवसाय र व्यवसाय बृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पार्नु भयो।नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बीमा योजना (बालबालिका) बारेमा कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठको विस्तृत प्रस्तुती रहेको थियो।

कम्पनीका सहायक महाप्रबन्धक नमश सिंह देउजाले स्वागत मन्तब्य दिनुभएको थियो भने सहायक महाप्रबन्धक टीका दत्त प्याकुरेलज्यूले कार्यक्रममा धन्यवाद मन्तब्य व्यक्त गर्दै उल्लास पूणर्रुपमा कार्यक्रम सम्पन्न गर्नुभयो ।