२०८१ बैशाख ३० , आइतवार

“बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले वादी नेपाल सरकार भएको, क्यापिटल मर्चेन्ट तथा फाइनान्स कंपनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी प्रतिवादी मन्दिरा के.सी. (कार्की) संचालक रहेको घराना डेभलपर्स प्रा.लि.लाई ऋणी बनाई सोही प्रा.लि.का नाममा दर्ता रहको जिल्ला भक्तपुर साविक चाँगुनारायण गा.वि.स. वडा नं. ७ र ९ स्थित जग्गाहरु धितो राखि प्राप्त गरेको कर्जा तोकीएको

परियोजनामा लगानी नगरी दुरुपयोग गरेको भन्ने बैंकिङ कसूर मुद्दामा सम्मानित साविक पुनरावेदन अदालत पाटनको मिति २०७१/०१/२९ गतेको फैसलाले जिल्ला काभ्रेपलान्चोक, बनेपा न.पा. साविक वडा नं. ११ को परिवर्तित वडा नं. ६ बस्ने घराना डेभलपर्स प्रा।लि।का सञ्चाबलक प्रतिवादी मन्दिरा के.सी.(कार्की) लाई ३ (तीन) बर्ष कैद र रू ४,००,००,०००/- (चार करोड रुपैंया) जरिवाना हुने ठहर भएकोमा

उक्त सजाय वेरुजू भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटीएको प्रहरी टोलिले मिति २०८०/१०/२० गते बनेपा, काभ्रेपलाञ्चोकबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०८०/१०/२१ गते सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाए

नाम:                          मन्दिरा के.सी. (कार्की)
उमेर:                          ४५ बर्ष
ठेगाना:                       जिल्ला काभ्रेपलान्चोक, बनेपा न.पा. वडा नं. ६
मुद्दा:                           बैंकिङ् कसूर
सजाय:                       ३ (तीन) बर्ष कैद र रू ४,००,००,०००/-
(चार करोड रुपैंया) जरिवाना ।
फैसला मिति:            २०७१/०१/२९ गते ।
फैसला गर्ने पुनरावेदन अदालत पाटन (साविक)
पक्राउ मिति:           २०७१/०१/२९ गते ।
पक्राउ स्थान:          बनेपा, काभ्रेपललाञ्चोक