२०८१ जेठ ५ , शनिवार

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्ने तयारी गरिएको छ।राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार स्वीकृत गरेको राष्ट्रियसभाको सम्भावित कार्यतालिका अनुसार २९ गते अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिँदैछ । त्यसपछि निर्वाचनबाट अध्यक्ष चुनिन लागेको हो ।प्रस्तावित कार्यतालिका अनुसार २२ गते संघीय संसदको अधिवेशन बोलाएपछि माघ महिनामा ४ वटा बैठक बस्नेछ । माघमा २२, २४, २८ र २९ गते बैठक बस्नेछ ।

साथै फागुनमा ५ गते, ११, १४, १७, १८, २१, २७, २९ र ३० गते बैठक हुनेछ । फागुन ३० गते समितिका सभापतिहरु चयन गर्ने कार्यसूची रहेको छ ।