२०८१ बैशाख ३० , आइतवार

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा महानगरको डोजर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले १४ वटा टहरा भत्काइरहेको जानकारी दिए ।